नेपाली फुटबल टोलीका पूर्व कप्तान तथा स्ट्राइकर हरि खड्काको सर्टिफिकेट नक्कली, प्रहरीमा जागिर खान अपनाएका थिए चोर बाटो

काठमाडौं । नेपाली फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्ति भएको पुष्टि भएको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

पूर्व प्रशिक्षक खड्काले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुट्टो प्रमाणपत्र पेश गरेको आयोगको दावी छ। सोही प्रमाणपत्रका आधारमा २०५५ कार्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा उनी नियुक्ति भएको खुलेको हो।

प्रहरी सेवामा निरन्तर वहाल रही २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएको देखिएको छ।