प्रसिद्ध गायिका लता मंगेशकरलाई कोरोनासँगै निमोनिया, आईसीयुमा उपचार हुँदै

काठमाडौं: प्रसिद्ध भारतीय गायिका लता मंगेशकरलाई आईसीयुमा राखेर उपचार गरिएको चिकित्सकहरुले बताएका छन् ।

Advertisement

कोरोना भाइरस संक्रमण भएकी गायिका मंगेशकरको पछिल्लो स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको समाचार संस्था एएनआईले जनाएको छ ।

मुम्बईको ब्रीच केण्डी अस्पतालका डा प्रतीत समधानीले दिएको जानकारीअनुसार मंगेशकरलाई कोभिड–१९ सँगै निमोनिया पनि भएको छ । उनी अहिले पनि आईसीयूमा रहेको र अझै १०–१२ दिन निगरानीमा रहने डा समधानीले बताएका छन् ।

९२ वर्षकी मंगेशकरलाई मंगलबार अस्पताल भर्ना गरिएको हो  । भारत रत्नबाट सम्मानित मंगेशकरको उमेर बढी रहेकाले सावधानीस्वरुप अस्पताल भर्ना गरिएको भतिजी रचनाले बताएकी थिइन् । पाको उमेरको भएका कारण मंगेशकर निको हुन बढी समय लाग्ने चिकित्सकहरुले पनि बताएका छन् ।