रुपन्देहीको एमाले अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव

बुटवल । नेकपा एमाले रुपन्देहीको जिल्ला समितिको अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव गरिएको छ । पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष शिवराज सुवेदीले अध्यक्षमा केसीसहित १५० सदस्यीय जिल्ला समितिको नाम प्रस्ताव गरेका हुन् ।

अध्यक्ष मण्डलले उपाध्यक्षमा जागेश्वरीदेवी चौधरी,सचिवमा यज्ञ गैरे र उपसचिवमा हितराज पन्थी र चित्रबहादुर कार्कीको नाम प्रस्ताव गरेको छ । पदाधिकारीमा एकाधबाहेक सबै प्रतिनिधिले समर्थन जनाएको एमाले रुपन्देहीका प्रवक्ता मोहन चापागाईले बताए ।

तर अध्यक्षका आकांक्षी हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले भने अध्यक्ष मण्डलको उक्त प्रस्तावलाई ‘शाही घोषणा’ भन्दै आफूलाई अमान्य भएको बताए । उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

Advertisement