अमेरिकामा कोरोनाले ३ हजार २ सय २९ विद्यालय बन्द

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको प्रकोपका कारण तीन हजार दुई सय २९ विद्यालय बन्द भएका छन् । जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण बिहीबारसम्म तीन हजारभन्दा बढी विद्यालय बन्द भएका हुन् ।

Advertisement

पछिल्ला केही सातायतादेखि कोरोनाका संक्रमित निकै नै बढ्दै गएकाले विद्यालय बन्द गरिएका हुन् । त्यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन् ।

त्यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।

त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालय बन्दै गरिएका बताइएको छ । गएको ११ दिन यता यहाँ कोरोनाका संक्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन् ।

जसका कारण यहाँका अरु धेरै क्षेत्रमा पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरु पनि बन्द भएका बताइएको छ ।
कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । त्यहाँ अहिले पनि  दैनिक ६ लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।