३० अंकले घट्यो सेयर बजार

काठमाडौं । आज सेयय बजार ३०।७५ अंकले घटेको छ । पुस १४ गतेदेखि सेयर बजार बढिरहेको थियो । तर आज भने नेप्से परिसूचक ३०।७५ अंकले घटेर २६४९।२० बिन्दुमा झरेको हो ।
आज २ सय ३६ वटा कम्पनीको ४ अर्ब ६२ करोड १५ लाखको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको ९।९६ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरैै विजय लघुवित्तमा ४।५५ प्रतिशतले घाटा छ ।

Advertisement