डा. सुमनको नयाँ पुस्तक

काठमाडौँ । अंग्रेजी वर्ष २०२२ को पहिलो दिन डा. सुमनराज ताम्राकारको १३ औं पुस्तक ‘पनौती ः अ माईथोलोजिकल स्केच’ को काभ्रे संस्करण पनौतीमा लोकार्पण भयो । वरिष्ठ साहित्यकार एवं जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, पनौती साहित्य समाजका रामसुन्दर देउजा, रोटरी क्लब अफ पनौतीका अध्यक्ष ई. सितू सैंजू एवं लेखकका पुत्रद्वय बसन्त र प्रशान्त ताम्राकारले संयुक्त रुपमा उक्त पुस्तक लोकार्पण गर्नु भएको थियो । पनौतीका प्राचीन कथाहरु र किंवदन्ती समेटिएको उक्त पुस्तक अंग्रेजी भाषामा लेखिएको छ ।

उक्त कार्यक्रममा रोटरी क्लब अफ पनौती सचिव तथा यस पुस्तकका अनुवादक विष्णुमणि अधिकारीले लेखकले विश्वास गरेर अनुवाद गर्ने जिम्मा दिनुभएकोमा धन्यवाद दिँदै अंग्रेजी भाषामा प्रकाशन भएको कारण यसको व्यापकता बढ्ने धारणा राख्नुभयो । वरिष्ठ साहित्यकार मोहन दुवालले पनौती भेग साहित्यको दृष्टिले पनि मलिलो ठाउँ भएको र यहाँबाट निरन्तर रुपमा कृतिहरु प्रकाशनमा आईरहेकोमा खुशी व्यक्त गर्नुभयो । यसैगरी रोटरी क्लब अफ पनौतीका अध्यक्ष सितू संैजूले अहल्या, योमरी, विचारपाटीका कथा जस्ता उजागरमा ल्याउनु पर्ने कथाहरु यसमा समेटिएकोमा खुशी व्यक्त गर्नुभयो ।

पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजाले चिकित्सा जस्तो संवेदनशील पेशा गरिरहेर पनि साहित्य सिर्जनामा निरन्तरता दिइरहनु भएकोमा प्रशंसा व्यक्त गर्नुभयो । पनौती घुम्न आउने तथा पनौतीमा रुची राख्ने अन्तर्राष्ट्रिय पर्यटक एवं पाठकहरुलाई लक्षित गरेर अंग्रेजी भाषामा प्रकाशनमा ल्याएको कुरा लेखक÷प्रकाशकले जानकारी गराउनु भयो । र, चाँडै नै यसैको राष्ट्रिय संस्करण पनि प्रकाशनमा आउने जानकारी गराउनु भयो ।

Advertisement