May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

सर्वोच्च प्रशासनले कानुन व्यवसायीलाई भन्यो : अदालत परिसरभित्र नाराबाजी नगर

काठमाडौं । सर्वोच्च अदालतल परिसरमा नाराबाजी नगर्न कानुन व्यवसायीलाई अदालत प्रशासनले भनेको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई अदालत प्रशासनले फोन गर्दै प्रदर्शन र नाराबाजी नगर्न भनेको हो।

प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निर्देशनबमोजिम फोन गरेको भन्दै प्रदर्शन र नाराबाजी नगर्न भनेको श्रेष्ठले बताए।

श्रेष्ठले जसले आदेश दिए पनि प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आफूहरुको आन्दोलन तथा प्रदर्शन जारी रहने बताए। उनले आफूहरुको आन्दोलन दबाउन जबराले विभिन्न प्रयास गरिरहेको बताए।

Advertisement