सुदूरपश्चिममा दश जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा थप दश जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ६२९ जनाको नमुना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर परीक्षणका क्रममा पाँच तथा एन्टीजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चार र कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन, कैलाली र डडेल्धुराका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जना कोरोनाबाट मुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१३ जनाको ज्यान गइसकेको छ ।

Advertisement