दोहोरो अंकले घट्यो नेप्से, साढे २ अर्बभन्दा न्यून कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपालको सेयर बजार दोहोरो अंकले घटेको छ। आइतबार सार्वजनिक बिदा परेका कारण सेयर बजार बन्द थियो । सोमबार पुँजीबजार मापक परिसूचक ‘नेप्से’ १७.९३ अंकले घटेको छ। यससँगै नेप्से २३५८.८१ विन्दुमा ओर्लिएको छ।

Advertisement

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कूल दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २३१ वटा कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता सेयर ३७ हजार ३६७ पटक खरिद-बिक्री भएका थिए। कारोबार भएकामध्ये ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ। बाँकी कम्पनीको सूचक नकारात्मक बनेको छ।  यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.३४ अंकले घटेर ४५१.१९ विन्दुमा ओर्लिएको छ। आज गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरी लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको छ।  माउण्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ६.१७ प्रतिशतका दरले गुमाएका छन् ।

आज गुर्खाज फाइनान्सको सेयर सबैभन्दा धेरै १९ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सबैभन्दा धेरै दुई २७ हजार १४३ कित्ता सेयर कारोबार भएको छ। कृषि विकास बैंकको सेयर सबैभन्दा धेरै एक हजार ७०३ पटक किनबेच भएका छन्। आज सबै उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।