भ्रममा बाचेको स्वार्थ

दृष्टि भएपनि नेत्रको छाउ कहाँ देखिन्छ र
अन्तिम स्वास भएपनि सासको फेद कहाँ भेटिन्छ र

Advertisement

भ्रमको दरबारमा पाउनाको कमि त भेटिन्न तर
आस्था राखेपनि मनको द्वारमा पाइला कहाँ टेकिन्छ र

रसको नशामा लिप्त सन्तुष्टिको कमि त देखिन्न तर
स्रोत नै ग्रहण गरेपनि प्यास कहाँ मेटिन्छ र

भ्रष्ट कागजको मोहमा विकासको कमि त भेटिन्न तर
प्रकाश जति पारेपनि स्वार्थको वास कहाँ छेकिन्छ र

सृष्टिको परिधिमा समानताको कमि त देखिन्न तर
दैविक विचार नै राखेपनि समान जीवन कहाँ बाचिन्छ र