म त बद्लीसके

म बद्लेको बदलामा बदनाम नगरिदेऊ
अरू कुरा त आफन्त लाई जिम्मा लागैसक्या छु।।

Advertisement

मलाई रातो रंगको देखि डर लाग्छ
चिप्लो घस्दै बोल्न मान्छे देखि डर लाग्छ
हिजो रजस्वला भएको दिन अलग बस्ने छोरी
आज दिनकै बिछ्याउनी बन्द खै कसको भर लाग्छ

घाम डुब्न लागेको त्यो सन्ध्याकालीन साँझमा
शिरपाउँ जोडेर मेरा बा लाई बिन्ती विषयको त्यो दिन,,,,,,,

पैसाको लोभमा अपरिचित व्यक्तिलाई मेरो हात थमाएको त्यो दिन
गाउँ भन्दा धेरै टाढा आधुनिक सहरमा पसिएकी म
आधुनिकताले भरिएको यो सहरभित्र
यौन धन्दाको शहर भित्र पुगेकी म
म त बेचिएकी पो रहेछु।।।।।।।।।
त्यसैले म त बद्लि सके,,,,,,,,,,,

👉महिनामा हुने रजस्वला आजकल दिनमा हुने भा छ
न दिन न रात त कहिले छिनमै हुने भा छ
त्यसैले त मलाई रातो रंग देखि डर लाग्छ
बा ले पनि नरम बोली बोल्दै PADAKI मलाई
त्यसै त नरम बोली देखि पनि डर लाग्छ।।।

बाध्यताले बदल्दियो।।।।।
म त बद्लि सके
आमा म बद्ली सके म बद्लेको बदलामा बदनाम नगरिदेउ
अरू कुरा त आफन्तलाई जिम्मा लागैसक्याछु

👉ज्ञानी तामाङ (प्रसंशा)