कोरोनाका कारण इंग्लिस प्रिमियर लिग प्रभावित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा कोरोना संक्रमणको मार परेको छ । पछिल्लो एक साताको अवधिमा प्रिमियर क्लबहरुका ४२ खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

डिसेम्बर ६ देखि १२ सम्मको अवधिमा ३ हजार ८ सय ५ खेलाडी, पदाधिकारी, प्रशिक्षक तथा स्टाफहरुको परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टी भएको छ । यसले जारी सिजनको इंग्लीश प्रिमियर लिग फुटबलमा निर्धारित तालिका अनुसार खेल खेलाउनै समस्या पर्ने देखिएको छ ।

आफ्ना ८ जना खेलाडीमा संक्रमण पुष्टी भएपछि विगत दुई सातादेखि टोटनह्याम हट्सपरको खेल हुन सकेको छैन । यसैगरी ब्राइटन, लेष्टर सिटी, म्यान्चेस्टर युनाइटेड, एस्टन भिल्ला र नरिच सिटीमा पनि संक्रमित खेलाडीहरु फेला परेका छन् । यी क्लबहरुको खेल पनि अब अनिश्चित बनेको छ ।

Advertisement