गण्डकीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा २८२ जनामा गरिएको नमूना परिक्षणमा २२ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ६ महिला र १६ पुरुष रहेका छन् ।

Advertisement

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १६, स्याङजा ३, पर्वत १ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार १२७ पुगेको छ ।

गण्डकीमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजाको बिरुवा गाउँपालिका –२ का ८३ बर्षिय पुरुष रहेका छन् । उनको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२३ पुगेको छ ।

प्रदेशमा पछिल्लो चौविस घण्टामा २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ५२८ पुगेको छ भने होम आइसोलेसनमा १५१ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १७६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।