आइतबार नेप्सेमा भारी गिरावट, पहिलो दिन नै पहिरो

काठमाडौँ । सेयर बजार(नेप्से)मा साताको पहिलो दिन आइतबार भारी गिरावट आएको छ ।

Advertisement

अघिल्लो सातादेखि नै ओरालो यात्रामा रहेको बजारमा यसदिन ठूलो गिरावट भएको हो । यस दिन परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा ओर्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक समेत १५.१५ अंकले घटेर ४५०.०८ बिन्दुमा आइपुगेको छ ।

यस दिन कुल ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २ सय ५२ रुपैयाँमा २२८ कम्पनीका ७२ लाख २३ हजार २ सय ४० कित्ता सेयर किनबेच भएको छ ।

यस दिन युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ । यस दिन कारोबारमा आएका सबै उपसूचक राताम्य भएको छ ।