मेरो पहिलो प्रेम प्रस्ताव (पार्ट २)

कायरा (पार्ट २)

Advertisement

त्यसपछि प्रेम गर्छु भन्न आबस्यक नै ठानिन मैले .. प्रेम जताउन उपयुक्त नै मानीन मैले .. बोली उचाउनै पर्दैन .. आँखा ले बोल्छ मन को भाव.. भन्ने तिमी यो कोर्स मा किन चिनेनन् ती आँखा ले यी मन को भाव!! ..या त यी आँखा ले बुझेनन् त्यो मन को रिप्लाई . !! प्रिय मान्छे .. तिमीले तिमीलाई माया गर्ने मान्छे तिम्रो नजिक चाहनु .. तिम्रो साथ मा चाहनु .. तिम्रो पल पल मा चाहनु .. स्वाभाविक नै हो क्यारे .. सिपाही झै जो उनी भन्दा दूर दूर मा छन .. बैरी लाई रोकेका छन् .. ज्यान को बाजी थापेर देश बचाएका छन् .. हुन त यो मुलुक ले कहिले पो सिपाही को सम्मान गर्न सिक्यो र ?? साँच्चै नै . म पनि तिमी लाई दूर बाट माया गर्ने मान्छे .. तिमी तराईको फाँट मा हुँदा सगरमाथा को हिलारी स्टेप बाट मस्तिष्क को स्याटेलाइट र मन को दूरबिन बनाएर तिम्रो मुस्कान मा मुसुक्क मुस्कुराउने मान्छे ..

तिमी पहाड को खोंच मा हुँदा क्षितिज पारी बाट तिम्रो त्यो बोली को इको ले मन्त्रमुग्ध हुने मान्छे. तिमी हिमालको चुचुरो मा हुँदा बेसी मा लगाम लगाएर आँखाको टेलिस्कोप बनाई तिम्रो तस्बिर खिचिक्क पार्ने मान्छे..तिमी पास नहुँदा तिमीलाई एकछिन नदेख्दा तिम्रो सम्झना मा तिम्रै लेख लेख्ने मान्छे.. हो स्वीकार्छु प्रिय.. तिमीलाई प्यास लाग्दा पानी पिलाउन सकिन होला. तिमीलाई भोक लाग्दा खाजा खुवाउन आइपुगिन् होला. तिमीलाई पिर पर्दा हसाउँन सकिन होला .. तर प्रिय.. के प्यास लाग्दा पानी पिलाउनु नै प्रेम हो त ??भोक लाग्दा के खाजा खुवाउनु नै माया हो त ??तिमी ले सोचौली .. उसो भए के क्षितिज पारी बसेर एकटक ले हेर्नु माया हो त ??

कायरा . .. तिमी बेसी हुँदा हिमाल बाट.. तिमी पहाड मा हुँदा क्षितिज बाट, तिमी हिमाल हुँदा यो मन को अन्तरिक्ष बाट हेरी मात्रै रहिन् .. एउटा सिपाही ले सिमाना बाट बैरी रोके झै .. तिम्रो सामु कुनै बैरी आउन दिइन प्रिय.. यसो भन्दै गर्दा साउथ मूवी को भिलेन सम्झौली मलाई..।। तिमी माथि अन्याय गर्ने देखि लिएर तिमी माथि गिद्दे नजर गाड्ने सम्म , तिम्रो कुरा काट्ने देखि लिएर तिम्रो याद मा डिप्रेसन को ओखती लिने सम्म.. तिम्रो याद मा तड्पिने देखि लिएर तिम्रो तस्बिर कुल्चिने सम्म को मन मा तिमी प्रति उच्च आदर जगाउन मै लागेँ म आजसम्म.. मेरो बुझाइ मा सङ्गै हुनु मात्र प्रेम थिएन–होइन–हुने पनि छैन… आफूले प्रेम गर्ने मान्छे लाई दुनिया ले कदर गरोस् .यो मन ले सिफारिस गरेको मान्छे लाई जगत ले सल्युट गरोस्.. हरजन को अदालत ले उच्च मूल्याङ्कन गरोस् . हिटलर देखि बुद्ध सम्मको आशीर्वाद होस्.. यही नै थियो चाहना..। सुधा को सुनखानी जत्तिकै .. ब्रिगेड को ब्रिटेन जत्तिकै .. कुलविर को भिक्टोरिया जत्तिकै सम्माननिय छौ आज पनि तिमी यो मन मा ..

थाहा छैन तिमी मा मैले रोजेका , खोजेका गुण छन् छैनन्..तर मैले खोज्दै नखोजेको .. सोच्दै नसोचेका तिम्रा ति भुतुक्कै पार्ने गुण ले लालायित बनाएका हुन् मलाई.. कोही आफ्नो विगत यसरी कसरी बताउन सक्छ?? .कोही मलाई यति धेरै विश्वास कसरी गर्न सक्छ?. हो तिम्रो त्यही खासियत ले मलाई तिमी प्रति नराम्ररी तान्यो.. हुन त विगत बताउने सबैले आजसम्म उराठलाग्दा नै विगत बताए गर्वलाग्दा विगत बताउने कोही आएनन् , यो मेरै खासीयत हुन सक्छ यो न कुनै रोमियो को कहानी हो.. न कुनै देवदास को .. यो कहानी हो .. मन को आभास को .. एक्लो प्रवास को .. धड्कन अनी श्वास को . प्रिय मन .. जहाँ हुँदैन कदर आफ्नो एफोर्ट को ..जहाँ हुँदैन सम्मान आफ्नो प्रयास को ..अनि मन मर्दै जाने रहिछ.. मन ले भन्ने रैछ आउँछन् मान्छे हरु यही तवर ले जिन्दगी मा बारम्बार..प्रेम गर्न नछोडे पनि ,, हार मन ले नमाने पनि .. जिन्दगी ले नथाक भने पनि अल्पविराम लगाइनेरैछ कहीँ न कहीँ…..के थाहा यो अल्पविराम पूर्णविराम मा पो बदलिने हो कि?? तिमीलाई यो हद सम्म माया गर्दा पनि ए युरानियम न्युक्लियस भित्र बसेर S-सबसेल भन्दा टाढा नजर पुर्याउन सकिनौ क्यारे .. म भने f- सबसेल मा कुरी रहे तिम्रो ईफोट को ..तिम्रो क्रान्ति को ..

म आश मा रहे तिम्रो चुली तर्फ को नजर मा ..तर एक नजर पनि उकाली हेर्न उचित ठानीनौ.. तिमी लाई लाइफ-मेट बनाउने सपना सँगाली रहे म.. तिमी क्लासमेट भन्दा माथि उठ्न सकिनौ… तिमी कमेन्ट त परको कुरा भो .. लाइक भन्दा माथि उठन सकिनौ. लभ रिएक्ट सम्म पुग्न सकिनौ.. . यो मन ले भनिरह्यो तिमीले अगाध प्रेम गर्छ्यौ भनेर .. हुन त यो मन को अनुमान कहिल्यै गलत निस्केन..तर तिम्रो व्यवहार ले कहिल्यै यो जनाएन.. तिम्रो आँखा मा प्रशस्तै प्रेम भेटें तर तिम्रो बोलीमा प्रेम को सिंको सम्म भेटिन.. म तिमीलाई माया को प्रस्ताव राख्न पहाड बाट कुद्ने सोच्दै थिए.. तिमी मसँग तस्बिर खिचाउन पर्छ कि भनी फाँट बाट मन को मुसहरनिया तर्फ , तन को डेथ भ्याली तर्फ , जोवन को इजरायल तर्फ कुलेलम ठोक्दै थियौ.. प्रिय मान्छे अब तिम्रो जिन्दगी बाट टाढिने सोचें.. हारेको छुइन थाकेको होइन.. तर कमा नलगाई भएन.. हुन त आफूलाई सिपाही अनि तिमीलाई बेलायत को महारानी न साचिरहे ..

हिटलर को प्रसङ्ग सदासर्वदा नभइदिन पनि सक्छ . यो सिपाही त्यो मूलको परमाधिपति नहुन पनि सक्छ .. त्यो हिस्सा को प्रधानन्यायधीश नहुन पनि सक्छ .. त्यो भिक्टोरिया को जंगबहादुर नहुन पनि सक्छ .. त्यो मन को प्रधान सेनापति नहुन पनि सक्छ यो मन को दूरबिन ले , मस्तिष्क को स्याटेलाइट ले , आँखा को टेलिस्कोप ले त्यो मन को सिक्रेट बुझनै सकेनन् .. या त त्यो मन को रिप्लाई बुझ्नै सकेनन्.. प्रिय मान्छे तिमी बाट दूरी ले होइन भावना ले टाढा जाँदै छु .. तिमीलाई हिलारी स्टेप बाट हेर्ने अभिमन्यु भोलि का दिन मा अन्तरिक्ष बाट नियाल्नेछ .. यसको अर्थ तिमी बाट टाढा हुन्छु भन्ने होइन .. हुन त माया गर्छु भनेर आज सम्म मैले पनि भनिन् तिमीलाई .. जुन घडी तिम्रो आँखा मा तिम्रो बोली मा मैले आफ्नो लागि प्रेम भेट्नेछु .. आउँछु त्यो दिन अन्तरिक्ष बाट ब्ल्याक होल लाई चिरेर …

पार्ट १ पढ्नको लागी तलको लिङ्क किलिक्क गर्नुहोस

मेरो पहिलो प्रेम प्रस्ताव