साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) सेयर बजार सामान्य घटेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा पुगेको छ ।

Advertisement

अघिल्लो दिन (बुधबार) भने नेप्से सामान्य अंकले बढेको थियो ।  बिहीबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार ३ अर्ब ७६ करोड ९७ लाख रुपैयाँको मात्र कारोबार भयो । बिहीबार २३३ कम्पनीको ७४ लाख ६८ हजार ५७५ कित्ता सेयर किनबेच भएका छन् ।

बिहीबार कारोबारमा आएका तीन समूह बाहेक सबै समूहको सेयरमूल्य आरालो लागेको छ ।  बिहीबार सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् भने सबैभन्दा धेरै अन्य कम्पनी समूहको लगानीकर्ताले कमाएका छन् ।

बिहीबार सबै भन्दा धेरै समृद्धि फाइनान्स कम्पनीका लगानीतर्काले कमाएका छन् । समृद्धि फाइनान्स कम्पनीको  सेयरमूल्य बिहीबार ९.२७ अंकले बढेको छ ।

बिहीबार सबैभन्दा धेरै मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य बिहीबार ६.९३ प्रतिशतले घटेको छ ।

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा बढी २६ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । सेयर खरिदबिक्रीका हिसाबले महालक्ष्मी विकास बैंक दोस्रो र सिभिल बैंक तेस्रो स्थानमा रहे ।