पाल्पामा पार्टी सभापति देउवा समूह क्लिन स्विप

पाल्पा । लुम्बिनी प्रदेशको पाल्पामा नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूह क्लिन स्विप भएको छ ।  २ निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै क्षेत्रमा देउवा समूहले हारेको हो ।

पाल्पाको क्षेत्र १ मा पौडेल समुहको नेतृत्व गरेका झमन मगरको प्यानल विजयी भएको छ । सभापतिमा विजयी मगरले ४८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी संस्थापन समूहबाट सभापतिका उम्मेदवार विष्णु बम्रेलले १०२ मत प्राप्त गरे । महाधिवेशन प्रतिनिधिमा पनि पौडेल समूहका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, क्षेत्र २ मा पनि पौडेल समूहका उम्मेदवार विजयी भएका छन् । क्षेत्र २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी भए भने महाधिवेशन प्रतिनिधिमा पनि सोही समूहका उम्मेदवारले बाजी मारे । जिसीले ४६० मत प्राप्त गर्दा देउवा समूहबाट प्रतिस्पर्धा गरेका यादवसिंह कार्कीले २१४ मत प्राप्त गरे ।

Advertisement