गायिका प्रविशा अधिकारीले गरिन् विवाह

काठमाडौं । गायिका प्रविशा अधिकारीले विवाह गरेकी छिन् । आज अर्थात् ५ मंसिरमा उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् ।

Advertisement

 

प्रविशा र निर्माण केही समयदेखि प्रेममा थिए । २ मंसिरमा उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।

अमेरिकामा बस्ने निर्माण र प्रविशाबीच सामाजिक सञ्जालबाटै चिनजान भएको थियो । प्रविशालाई निर्माणको परिवारले नै विवाहको प्रस्ताव गरेका थिए । राम्रो परिवारबाट प्रस्ताव आएकाले विवाह गर्न राजी भएकी प्रविशाले बताएकी थिइन् ।

झण्डै डेढ दशकदेखि गायनमा सक्रिय प्रविशाले धेरै सफल गीतमा आवाज दिएकी छिन् । पछिल्लो समय उनी ’द भ्वाइस अफ किड्स नेपाल’ को कोच समेत बनेकी छिन् ।