रूपन्देहीबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट एक थान कटुवा पेस्तोलसहित युवक पक्राउ परेका छन् । तिलोत्तमको बिन्दुनगरका २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement