गायक धुर्बले गरे गायीका अनुलाई रेल चढ्ने प्रस्ताव (भिडियो सहित)

काठमाडौँ । गायक धुब्र बिस्कोको नयाँ गित सार्वजनिक भएको छ । “रेलै चढी जाउ” बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो ।

Advertisement

 

बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गितले पनि बजार तताउने अपेक्षा गरिएको छ । रोम्यान्टिक मुद्रामा प्रस्तुत गरिएको गितको भिडियोले जो कोहीको पनि मन लोभ्याउछ । गितमा कलाकारहरु नयाँ अनुहारका देखिए पनि उनीहरु पनि भविष्यमा राम्रो संभावना बोकेका कलाकारहरु हुन्, भनेर सहजै अड्कलबाँजी गर्न सकिन्छ ।

उनीहरुको अभिनयले पनि गितको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ । गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाजै,टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर,सिल्की कपाल लगायतका थुप्रै गितहरु उनका हिट नंम्बर मानिन्छन् । भर्खरै बजारमा आएको उनको पछिल्लो गित “रेलै चढी जाउ” गायक बिस्कोले अपेक्षा गरेको गित समेत हो ।

गितमा शव्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायीका अनु चौधरीले आफ्नो सुमधुर स्वर मार्फत साथ दिएकी छन् ।

गितको भिडियोमा बलराम परियार,सायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ । भिडियो निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन् । गितलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

पुरा भिडियो हेर्नुहोस्…