May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

“तपाईंहरुलाई मैले भोट किन हाल्ने ? दुई वटा कारण छेउको डायरीमा लेखिदिनु होला ।”

“तपाईंहरुलाई मैले भोट किन हाल्ने ? दुई वटा कारण छेउको डायरीमा लेखिदिनु होला ।” नेपाली कांग्रेस मेचीनगर–९ का वडा सभापति उद्धव बानियाँले यी नै हरफ लेखेर आफ्नो घरको भित्तामा टाँस्नुभएको छ ।

Advertisement

उहाँले अरु इतर दलका नेतालाई नभएर आफ्नै पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनमा जिल्ला, क्षेत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर भोट माग्दै जनताको घरदैलोमा पुग्ने नेताहरुलाई भन्नुभएको हो ।

उहाँले आजदेखि सूचना मात्र टाँस्नु भएको छैन, भोट माग्न आउने नेतालाई जित्ने आधारसहित आफ्ना सङ्कल्प लेखिदिनु भनेर डायरी र कलमसमेत राखिदिनुभएको छ । आफ्नो घरमा आउने नेता तथा उम्मेदवारलाई सधैँ स्वागत गर्ने भन्दै उहाँले पार्टीको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेबाट उत्तर खोज्ने प्रयास गरेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “उम्मेदवारी घोषणा गर्नुमात्रै ठूलो कुरा होइन, उम्मेदवारले सङ्कल्प गर्नैपर्छ पार्टी र सङ्गठनलाई यस्तो बनाउँछु भनेर ।” उहाँले पार्टी र जनताको काममा आफू सधैँ निरन्तर खटिरहेको र आफूले पनि त्यस्तै नेताहरु नेतृत्वमा हेर्न चाहेको बताउनुभयो ।

उहाँले वर्षौंदेखि पार्टीमा योगदान पु¥याएका मान्छेहरुको अवमूल्यन हुने, पार्टी र सङ्गठन नै नबुझेका नयाँ सदस्य हावी हुने अवस्था सिर्जना हुन नदिन यो अभियान सुरु गरेको बताउनुभयो । वडा सभापति बानियाँले भोट माग्न आउने तर डायरीमा उम्मेदवार बन्नुका कारण नखुलाउने नेताहरुलाई आफूले भोट नहाल्ने बताउनुभयो ।