तिहारपछिको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । तिहार बिदापछि खुलेको सेयरबजार पहिलो दिन नै दोहोरो अंकले घटेको छ। आज (सोमबार) पुँजीबजार मापक परिसूचक (नेप्से) १९.२० अंकले घटेर २८२९.६५ विन्दुमा ओर्लिएको छ । तिहार बिदाअघिको अन्तिम दिन ५.२२ अंकले बढेको नेप्से २८४८.८४ विन्दुमा बन्द भएको थियो ।

Advertisement

 

नेप्सेमा आज कारोबार पनि चार अर्ब ४२ करोड सात लाख १९ हजार रुपैयाँमा खुम्चिएको छ। कूल २३० वटा कम्पनीका ७२ लाख सात हजार ३९६ कित्ता सेयर ४९ हजार ५३० पटक किनबेच भएका थिए। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.७१ अंकले घटेर ५२८.३७ विन्दुमा ओर्लिएको छ । आज आईसीएफसी फाइनान्स लिमिटेड र साहस ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो। अन्य तीन कम्पनीको मूल्य पनि सर्किट लेभलनजिक पुगेको थियो।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ७.९६ प्रतिशतका दरले गुमाएका छन्।आज महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै ५२ करोड १० लाख तीन हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही बैंकको सेयर सबैभन्दा धेरै छ लाख ७८ हजार ६२५ कित्ता तथा नबिल बैंकको सबैभन्दा धेरै दुई हजार ७३८ पटक किनबेच भएको नेप्सेले जनाएको छ।