प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाडौं । आइतबार प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद्का अनुसार यी प्रदेशका केही हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना छ ।

अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको मौसम आइतबार सामान्य बद्ली हुने सम्भावना छ ।

अरू ठाउँमा भने आंशिक बद्ली हुनेछ । पानी पार्ने प्रणाली नभएकाले केही दिन ठुलो पानी पर्ने सम्भावना छ । काठमाडौं लगायत देशका धेरै ठाउँमा बिहान र बेलुका चिसो बढ्दै गएको छ ।

Advertisement