May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

दोलखामा एमाले र कांग्रेस परित्याग गरि दर्जनौ युबा माओवादी केन्द्र प्रवेश

दोलखा बिगु गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको वडा भेला भव्यरुपमा सम्पन्न भएको छ ।

Advertisement

वडाभेलाले निरे तामाङको नेतृत्वमा ५१ सदस्यीय वठा समिति गठन गरेको छ । जसमा युवा,महिला,विद्यार्थी र किसान जस्ता जनवर्गीय संगठन गठन गरि अध्यक्षको जिम्मेवारी बाँडभाँट गरिएको हो । जिम्मेवारीमा वाइसीएल वडाध्यक्ष छिरिङ तामाङ, महिला संगठनमा अध्यक्षमा माया तामङ,विद्यार्थी संगठनको अध्यक्षमा फुलमाया तामाङ र किसान संगठनको अध्यक्षमा कबिता तामाङ चयन भएकी हुन् ।

वडा कार्यालयमा भएको भेलामा सयौं कार्यकर्ताहरुको सहभागी रहेको थियो । साथै उक्त भेलामा नेकपा एमाले र नेपाली कांग्रेस परित्यग गरि १७ जना भन्दाबढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सदस्य र कुलबहादुर बुढाथोकी रहेका थिए,भने विशिष्ठ अतिथि गाउँपालिका इन्चार्ज सञ्जिव ओली रहेका थिए । विशिष्ठ अतिथि ओलीले,भने अहिलेको यो कठिन परिस्थितिमा देशलाई निकाश र विकाश दिने माओवादी केन्द्र र्नै रहेको भन्दै एमाले र कांग्रेस परित्याग गरेर पार्टीमा प्रबेस गरेका हरुलाई स्वागत गरेका थिय। उहाँहरु एक विश्वास लिएर माओवादी केन्द्रमा आउनु भएको छ । हामीले त्यो विश्वासलाई तोड्नु हुन् नेता ओलीले भने ।