May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

कांग्रेसमा ‘डिजिटल भोटिङ’ को तयारी

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्नेछ ।

Advertisement

विभागका संयोजक एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’का लागि प्रविधि तयार रहेको बताए ।

विभाग सचिव दिनेश थापा मगरले कोरोना महामारीका कारण भौतिक उपस्थितिमा महाधिवेशन गर्न नसकिने अवस्था आएमा जिल्लाबाटै मतदान गर्न सक्ने गरी प्रविधि तयारी अवस्थामा राखिएको जानकारी दिए । सचिव थापाका अनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको छ ।

विभागले पहिलोपटक कांग्रेसमा वेबसाइटमार्फत क्रियाशील सदस्यताको अभिलेखिकर गर्ने काम गरेको थियो । कांग्रेसले वेवसाइटबाटै पार्टी सदस्यता लिन मिल्ने व्यवस्था गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।