May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

धरहरासँगै ढलेकी रमिलालाई सम्मान, प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन।

Advertisement

आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गर्दै उनले भने २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा हुनुहुन्थ्यो । उहाँ धरहरा ढलेसँगै भुइँमा बजारिनु भएको थियो ।

यस्तै, उद्घाटन समारोहमा धरहरासँगै खसेर घाइते भएकाहरुको सु–स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्र दिदै भने धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताए।

धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने उनले बताए।