May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

पोखरालाई ‘बेस–हब’ बनाएर प्रदेश उडानमा बुद्ध एयर

काठमाडौं। निजीक्षेत्रको हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरालाई ‘बेस–हब’ बनाएर प्रदेशस्तरमा उडान गर्ने भएको छ । कम्पनीले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका विमानस्थलबाट चार गन्तव्यमा परीक्षण उडान गर्न लागेको हो ।

Advertisement

कम्पनीले मे १ अर्थात् वैशाख १८ गते शनिवादेखि पोखराबाट प्रदेश २ को सिमरा, पोखराबाटै प्रदेश १ को विराटनगर, पोखरा–नेपालगञ्ज ९लुम्बिनी प्रदेश० र बागमती प्रदेशको भरतपुरबाट लुम्बिनीको भैरहवा उडान गर्नेछ । कम्पनीले अहिले काठमाडौं बेस बनाएर यी स्थानमा नियमित उडान गर्दै आएको छ ।

कम्पनीले उक्त गन्तव्यका लागि भाडादर पनि तोकेको छ । यसमध्ये पोखरा–विराटनगरको भाडा न्यूनतम ६ हजारदेखि अधिकतम १० हजार ८०० रुपैयाँसम्म तोकिएको छ ।

यसैगरी पोखरा–नेपालगञ्जका लागि न्यूनतम ४ हजार ५०० देखि अधिकतम ७ हजार २००, पोखरा–सिमराका लागि न्यूनतम ४ हजार ३०० देखि अधिकतम ६ हजार ७०० सम्म, पोखरा–भैरहवाको न्यूनतम ३ हजार १०० देखि अधिकतम ३ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

अन्य गन्तव्य तुम्लिङटार–विराटगनगरको भाडादर न्यूनतम २ हजार ५०० देखि अधिकतम ३ हजार २०० र भैरहवा–भरतपुरको न्यूनतम २ हजार ५०० देखि अधिकतम ४ हजार रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले उल्लेख गरेको छ ।

उक्त भाडादर एटीआर–७२ को सञ्चालन खर्चमा आधारित रहेको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । वैशाख १८ गतेदेखि हुने यी गन्तव्यको उडान भने सानो जहाज ‘बीचक्राफ्ट’बाट गरिने कम्पनीले जानकारी दिएको छ । अन्तरप्रदेशीय उडानमा प्रदेश सरकार र संघीय सरकारले पनि विशेष सहुलियत दिनुपर्ने कम्पनीको माग छ ।

मे १५ सम्म थप एउटा नयाँ जहाज ल्याउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिएका छन् । पोखरा काठमाडौंपछिको ठूलो शहरको रूपमा रहेको र यसलाई बेस–हब बनाउँदै उडान गर्ने रणनीति रहेको भनाइ छ ।

उनका अनुसार हाल दैनिक १२० भन्दा बढी उडान र ६ हजार ५०० भन्दा बढी यात्रुको आउजाउले स–साना होटलदेखि पर्यटकीय गाडीलाई समेत रोजगारी सृजना गरेको छ ।आर्थिक अभियान दैनिकबाट