May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारिता सबैमा हुनु पर्छ- पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आपसी भाँडभैलो र अनमेल अन्त्य हुनुपर्ने बताएका छन् । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन र एकता कायम गर्नु अहिलेको आवश्यकता रहेको शाहले बताएका छन् । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले मंगलबार भनेका छन्, ‘नेपाली जनताको आकांक्षा पूरा हुँदै जानुपर्छ भन्ने हाम्रो कामना हो।

Advertisement

शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारिता सबैमा हुनुपर्ने बताएका छन्। उनले यसका निम्ति आपसी भाँडभैलो र द्वन्द्वको अन्त्य हुनुपर्ने बताएका छन्।

शुभकामना सन्देश दिँदै भनेका छन्, ‘टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्नेखालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ ।

’‘हाम्रा पिता, पुर्खा तथा त्यागी वीर वीरांगनाहरूले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहारसुसार गर्नु र सजाउनु छ,’ उनले भनेका छन्, ‘यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाल बिना भेदभाव र बिना संकोच मिलेर जानु छ।’

शाहले अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवम् वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने बताए।

‘टाठाबाठा मात्र सुखी सम्पन्न, सुविधाभोगी हुँदै जाने अरु निमुखा सर्वसाधारणहरूको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ,’ उनले भनेका छन्। शाहले पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु अत्यावश्यक रहेको बताएका छन्।