May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार सङ्कटमा

काठमाडौ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई काँध नथाप्ने अवधारणा सार्वजनिक गरेका छन् । गण्डकी प्रदेशमा मात्रै होइन कांग्रेस , माओवादी केन्द्र र जसपासहितको नयाँ सरकार बनाउन सहयोग गर्ने अध्यक्ष केसीले बताएका छन् ।

Advertisement

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको विकल्प खोज्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) एक ठाउँमा उभिएका छन् । कार्यदल नै बनाएर सत्ता समीकरणको प्रयास थालेका तीन दलको एउटै एजेण्डा छ, ‘यो सरकारको विकल्प खोज्ने ।

गण्डकी प्रदेशमा तीन वर्षदेखिको सहकार्य तोड्दै माओवादी केन्द्रका दुई मन्त्री सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै सरकार अल्पमतमा पर्ने भएको छ । माओवादी मन्त्रीको बर्हिगमनलाई अवसरका रुपमा लिएर नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य थालेको छ ।

गण्डकी प्रदेशमा जनमोर्चाका ३ सांसदको समर्थन कायमै राख्ने हो भने एमाले नेतृत्वको सरकार कायमै हुन्छ । कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ सांसद छन् र नयाँ सरकार बनाउन उनीहरूलाई पनि जनमोर्चाकै साथ चाहिने हो ।

यस्तो बेला अध्यक्ष केसीले एमाले प्रतिपक्षी गठबन्धनलाई साथ दिने उनले बताएका हुन् ।

हालै फेरि अध्यक्षमा निर्वाचित केसीले भने मुख्यमन्त्री विरुद्ध आउने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर जाने बताएका हुन् ।
उनले भने “ अब हस्ताक्षर गरेनौं भने शंका हुने अवस्था आयो । त्यसकारण अब अविश्वासको प्रस्तावको पक्षमै हस्ताक्षर गरेर जाने स्थिति आइसकेको छ ।”