May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

पार्टी परित्याग गर्दै मन्त्री बनेका सांसद आङ्बुहाङको सांसद पद खोसियो

पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ।माओवादी केन्द्रबाट निर्वाचित रही प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बुहाङ् पार्टी पूर्ववत् रुपमा फर्किएपछि एमालेमा बसेका थिए ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको हो। पार्टीले त्यसबारे स्पष्टीकरण सोधेको तर जवाफ नै नआएको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई सांसद पदबाट हटाउने निर्णय गरेको हो । उनलाई पदमुक्त गरिएको र आज नै प्रदेश सभा सचिवालयमा जानकारी गराउने निर्णय भएको एक नेताले जानकारी दिए ।

पार्टी परित्याग गर्दै प्रदेशको आर्थिक मामिला मन्त्री बनेपछि माओवादी केन्द्रले गत चैत १७ गते स्पष्टीकरण सोधेको थियो । तर उनले जवाफ नै नपठाएपछि माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेको हो ।

उनले गत चैत १३ गते मात्रै मन्त्रीको कार्यभार सम्हालेका थिए । अब उनको कार्यकाल ६ महिनामात्रै रहने कानूनी प्रावधान रहेको छ । माओवादी केन्द्रले सांसदबाट हटाएपछि उनी गैरसांसद हुने र गैर सांसदको कार्यकाल ६ महिना मात्रै रहने कानूनी प्रावधान रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनले उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ।