May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बल्देधुरी घटनाका ८ अभियुक्तहरु प्रहरीद्वारा सार्वजनिक

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीको घटनामा संलग्न रहेको आरोपमा ८ जनालाइ प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा बागलुङको बडिगाड गाउँपालिका वडा नं.१० दर्लिङ बस्ने बर्ष २८ को रेशम बुढा मगरलाई, एै बस्ने बर्ष ३३ को झन बहादुर बुढा, तिर्थलाल बुढा, बर्ष ३१ को सूर्य बुढा, बर्ष ४६ को ढाल बहादुर बुढालाई बागलुङबाट प्रक्राउ गरेको हो ।

त्यस्तै बर्ष २३ को मिलन बुढा र बर्ष २४ को रेशम भनिने भेषराज बुढालाई गुल्मिको मदाने गाउँपालिका बाट प्रकाउ गरेको हो भने बर्ष २३ को कुमार छन्त्याल एक जनालाई रुपन्देहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभयो ।

घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेशको सिआइबीको टोली सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमख प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरेको थियो । आईतबार बागलुङ, गुल्मी र प्युठानको सिमाना बल्देधुरीमा युवतीलाई जबरजस्ती रङ् लगाईदिदा दुई समुह बिच झडप हुदा दुई जनाको हत्या भएको थियो ।

चेैत १५ गते होलिखेल्ने क्रममा दुई समुहको झडपमा परि निसीखोला गाउँपालिका–७ राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको हत्या भएको थियो । घटनाका आरोपिहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखि थप अनुसन्धान भइरहेको बागलुङ प्रहरीले जनाएको छ ।