May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

पोखरा पश्चिमाञ्चल क्याम्पसका ६३ जना विद्यार्थीमा कोरोना संक्रमण, परीक्षा स्थगित

पोखरा । पोखरा स्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका ६३ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको लामाचौरस्थित क्याम्पसको होस्टलमा बस्ने ६३ विद्यार्थीलाई कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सूरुमा एकजनामा संक्रमण देखिएपछि पटक पटक गरि परिक्षण गर्दा क्याम्पसमा अध्ययनरत ६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । होस्टेलमा रहेका ४५ जनामा कोरोना देखिएपछि थप ६ सय ३५ जनाको स्वाव परिक्षण गर्न लिईएकोमा ५ सय ५० को परिक्षण गर्दा १८ जनामा मात्र कोरोना पुष्टि भएको शर्माले जानकारी दिनुभयो।

पहिलो चरणमा कोरोना संक्रमण देखिएका ४० जना मध्य ३६ जना क्याम्पसमै र चार जना होम आइसोलेसनमा राखिएको छ । क्याम्पसले शैक्षिक करिकुलम अनुसार पूर्वी तराईका जिल्लाहरुमा भ्रमणमा लगेको र त्यसैबाछ संक्रमण फैलिएको हुन सक्ने शर्माले अनुमान गरे । पहिलो चरणमा ठूलो संख्या देखिएपनि ५ सय ५० को रिपोर्टमा १८ जना मात्रमा संक्रमण पुष्टि भएका कारण ठूलो जोखिम भने नभएको उहाँले बताउनुभयो । विद्यार्थीमा संक्रमण देखिएपछि स्नातक तहको सबै वर्षको परीक्षा स्थगित गरिएको छ । ३ चैतदेखि गर्ने भनिएको नियमित तथा पुनः परीक्षा विद्यार्थीको आग्रहमा हाललाई स्थगित गरेको थियो ।

Advertisement