April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

अप्रिलिया ‘एसएक्सआर १६०’ म्याक्सी स्कुटर सार्वजनिक, मूल्य कति ?

काठमाडौं । अप्रिलिया ‘एसएक्सआर १६०’ म्याक्सी स्कुटर नेपाली बजारमा सार्वजनिक भइ बिक्रि सुरु भएको छ ।

Advertisement

अप्रिलियाको आधिकारिक वितरक विवेक अटोमोबाइल्सले आइतबारबाट एसएक्सआर १६० को बिक्री शुरू गरेको हो ।

अप्रिलिया १६० मा सिगंल सिलिन्डर एफआई बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीटीभी गियरबक्स जडान गरिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध रहको छ । यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, दुबैतर्फ डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा समेत उपलब्ध हुनेछ ।

त्यस्तै यसमा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट, ट्वीन क्रिष्टल एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प जस्ता फिचर समेत रहेको छ ।

विभिन्न ४ कलर भेरियन्टमा नेपाल आएको म्याक्सी डिजाइनको यस स्कुटरको मूल्य ४ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।