May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ३ मा अवस्थित दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुखले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् । सदरमुकामबाट दमकल आएर आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको अध्यक्ष लिम्बुले जानकारी दिए।

उनका अनुसार पूर्णरुपमा आगो नियन्त्रण भएको छैन। ‘अहिले आगोको बाटो छेक्ने काम भएको छ। आगो दिउसो लागेका कारण अहिलेसम्म मानवीय क्षेति भएको छैन्।’आगो नियन्त्रणका लागि सुरक्षाकर्मीहरु परिचालन भएको उनले जानकारी दिए। आगोलाई नियन्त्रणमा लिएपछि क्षतिकाे विवरण आउने उनले बताए।

Advertisement