May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

तिलस्मीका तीन मुक्तक

तिलास्मी प्रभास

Advertisement

मुक्तक १
जुन आगोले पोलेको थियो हात त्यही आगोमा सेकाउन मन लागेको छ
नबुझे तापनि अचानोको चोटहरू खुकुरीलाई नै देखाउन मन लागेको छ
भनिन्छ कर्म गर फलको आशा नगर, डोकोमा दूध दुहेर कहाँ अडिन्छ र
नेपोलियनले झैँ हत्केलामा भाग्यरेखा कोरी चिना लेखाउन मन लागेको छ।

मुक्तक २
हाे मुटु त्यति बेलै बग्ने रैछ बाँध बाँधेकाे मुटुले थाम्न छाडेपछि
स्वार्थ र तृष्णाकाे राँकाे बाली विवेकले मुटुलाई डाम्न छाडेपछि
त्यागकाे अर्थ नबुझी प्राप्तिको लागि प्रेमकाे खाेल ओढिन्छ भने
मुटु चिसाे भएर जम्ने रैछ काँध हालेकाे मुटुलेनै छाम्न छाडेपछि।

मुक्तक ३
प्रेम के हो वासना के हो यसमा धेरैको गम हुँदैन
विनाप्रेम वासना पशुतुल्य नै हुन्छ कुनै दम हुँदैन
क्षणिक स्वार्थको दास मान्छे नामधारी प्राणीहरु
पवित्र प्रेम गरेर हेरौँ यसमा कुनै कुरा कम हुँदैन ।