May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Advertisement

मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।
परियार सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिय ।

केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी सातै प्रदेशमा नेकपानिकटलाई प्रदेश प्रमुख बनाएको थियो ।


तीमध्ये पूर्वमाओवादी कोटाबाट प्रदेश २ मा परियार, गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला त्रिपाठी पर्नुभएको थियो । पदमुक्त भएका परियार पहिलो संविधानसभामा बाँकेबाट माओवादीको उम्मेदवार बनी संविधानसभा सदस्य निर्वाचित समेत भएका थिय ।