May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

जेफ बेजोस विश्वै धनी व्यक्ति

काठमाडौं : अमेजनका संस्थापक जेफ बेजोस पुनः विश्वै सर्वाधिक धनी व्यक्ति बनेका छन् । टेस्लाका मालिक एलन मस्कलाई पछि पार्दै जेफ बेजोस विश्वै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । मंगलबार टेस्लाको सेयर भाउ २.४% ले घटेपछि मस्कको नेटवर्थ पनि ३.९ अर्ब डलरले घटेको छ । जसका कारण बजेस पुनः धनाड्यको सूचीमा पहिलो स्थानमा आएका हुन् ।

सन् २०१७ देखि लगातार विश्कै धनी व्यक्तिको उपाधि पाइरहेका बेजोसबाट गत जनवरीमा मस्कले उपाधि खोसेका थिए । सन् २०२० मा टेस्लाको सेयर भाउ आकाशिएपछि विश्वकै धनी व्यक्ति बन्न मस्क सफल भएका थिए । तर, त्यसको डेढ महिना भन्दा कम अवधिमै मस्कको विश्व धनी व्यक्तिको उपाधि खोसिएको छ । ब्लुमबर्ग बिलनेयर्स इन्डेक्सका अनुसार मंगलबार बेजोसको नेटवर्थ १ खर्ब ९१ अर्ब डलर र मस्कको १ खर्ब ९० अर्ब डलर रहेको छ ।

टेस्लाको सेयर भाउमा आएको उछालले मस्कलाई विगत दशकदेखि केही सीमित व्यक्तिहरुले मात्र ओगट्न सक्ने स्थानमा ल्याइपुर्याएको थियो । टेस्लाको सेयर बढेर नै मस्कको सम्पतिमा ठूलो वृद्धि भएको हो । टेस्लामा मस्कको ७०% भन्दा बढी सेयर रहेको छ । सन् २०२० मा मात्र टेस्लाको सेयर भाउ ७४३% ले बढेको थियो । जसले गर्दा मस्क गत जनवरीमा विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका थिए ।

Advertisement