May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

भागरथी भट्टको हत्या प्रकरण – एक व्यक्ति पक्राउ

बैतडी । प्रहरीले किशोरी भागरथी भट्टको हत्या प्रकरणमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार सार्वजनिक पद धारण गरेका एक व्यक्तिलाई बलात्कारपछि भएको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेको हो ।

Advertisement

दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या भएपनि प्रहरीले निचोड भने निकाल्न सकेको छैन । सार्वजनिक पद धारण गरेका ती व्यक्तिलाई प्रहरीले भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी बैतडी लगेको प्रहरी स्रोतले जनाकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिका विषयमा केहीले सूचना दिएको र हत्या भएपछि उनि कञ्चनपुर गएका थिए । प्रहरी स्रोतका अनुसार उनको संलग्नता देखिने केही आधारहरु देखिएकाले त्यसविषयमा छानविन गर्न पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले घटना भएयता गाउँ छाड्नेहरूको सूची बनाएर निगरानी गरिरहेको थियो । तर, उनि को हुन् र कस्तो संलग्नता थियो भनेर अहिले प्रहरीले केही खुलाउन चाहेको छैन ।