May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्रको एउटा गुटको भूमिका निर्वाह गर्दा मुलुक संकटमा फसेको आरोप लगायका छन।

Advertisement

नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बतायका हुन। सभालाई सम्बोधन गर्दै नेता कोइरालाले संवैधानिक इजलासमा बस्ने न्यायधीहरूलाई आफूहरूले कुनै दबाब वा आग्रह नगरेको स्पष्ट पारे।

‘संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमूर्तिहरूले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्नेमा हामी विस्वस्त छौं,’ उनले भने, ‘न्यायलयलाई प्रभावमा पार्न नभई सरकारको असंवैधानिक कदमको मात्रै विरोध गर्न सडकमा आएका हौं।’

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आएको उनले बताए। कार्यक्रममा प्रधानमन्त्री ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरे।

‘के महाराजा बन्न लालायित भएको ? राजाले जस्तै म जे भन्छु त्यही कानुन हो भन्न खोजेको ?’ नेता कोइरालाले भने, नेपालको राजनीतिक घटनाक्रममा ठूला संकटबाट कांग्रेसले देशलाई बचाएको स्मरण गदाउँदै नेता कोइरालाले अब यो संकटबाट बचाउन पनि आफ्नो पार्टीले नेतृत्व गर्ने बताए।प्रधामन्त्री ओलीको स्वेच्छाचारी प्रवित्ति र सनकले संसद् विघटन गरे पनि सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्ने उनले बतायका छन।