May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

विप्लवसहित ४२ जनाविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता

विराटनगर । शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आरोपमा विप्लवसहित ४२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

मिक्लाजुङ गाउँपालिका–१, सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको हत्या आरोपमा दर्ता भएको मुद्दामाथि मंगलबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङले जानकारी दिएको छ ।

शिक्षक श्रेष्ठलाई चन्दा नदिएको र सुराकी गरेको आरोपमा चन्द समूहका ६ जना कार्यकर्ताले घरबाट अपहरण गरी जंगलमा लगेर मंसिर २३ गते हत्या गरेका थिए । प्रहरीले अनुसन्धानपपछि ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेपछि सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

Advertisement