May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसको माग

काठमाडौं । बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसग माग गरेको छ ।

घटनाको अनुसन्धान तीव्र बनाउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीसग आग्रह गरेका हुन त्यस्तै बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन कांग्रेसले माग गरेको छ ।

यसैगरी कांग्रेसले बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको पनि बताएको छ । अनेक प्रकृतिको हिंसासगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement