प्रदेश १ : मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव दर्ता हुन पाएन

मोरङ । प्रदेश १ को प्रदेश सभा बैठक सत्तापक्षकै सांसदहरूले अवरोध गरेपछि स्थगित भएको छ । बैठक सुरु हुन लाग्दा नेपाल कम्युनिस्ट पार्टी नेकपा को ओली समूहका सांसदहरूले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आउँदो फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

आफूहरूले निलम्बन गरेका १६ जना सांसदलाई प्रदेश सभामा प्रवेश गराएकोले बैठकमा अवरोध गरेको नेकपा प्रदेश १ का मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

बैठकमा अवरोध भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता हुन पाएन । आइतवार झण्डै साढे चार घण्टा बसेको कार्य व्यवस्था समितिको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची तयार पारेको थियो ।

Advertisement