May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

नक्कली नोट बनाउन प्रयोग हुने सामाग्रीसहित दुई पक्राउ

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने बिभिन्न सामाग्रीसहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

बेलौरी नगरपालिका वडा नम्बर-१० भुडा क्षेत्रबाट पक्राउ पर्नेमा पुर्नवास नगरपालिका वडा नम्बर ६ का ४५ बर्षीय रमेश खाती र काठमाडौं बौंद्धका ३घ बर्षीय बिष्णु भट्टराई रहेका छन् ।

उनीहरुलाई नेपाल-भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरुको साथबाट नक्कली एक हजारको एक थान र ५०० दरका दुई थान नोट बरामद गरिएको छ । त्यसैगरी, विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो र स्टिलका थाल दुई थान पनि बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान थालिएको कञ्चनपुर प्रहरीले जानकारी दियो ।