May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

निर्मला पन्तको जस्तो नहोस् बैतडीको घटना : प्रचण्ड-नेपाल

काठमाडौं। प्रचण्ड माधव नेपाल कम्यनिष्ट पार्टी नेकपाले बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ।

नेकपाका दुबै अध्यक्ष प्रचण्ड र नेपालले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।

विगतमा निर्मला पन्तको अनुसन्धानजस्तै यो घटनामा गैरजिम्मेवार नबन्न विज्ञप्तिमा अनुरोध गरिएको छ। निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको जनाक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्य प्रमाणित गरेको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भट्टमाथि भएको पासविक र अमानवीय घटनाको भर्त्सना गरिएको छ।

Advertisement