May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

बालिका बलात्कार गरेको अभियोगमा किशोर पक्राउ

तुलसीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले १४ बर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१० निवासी युवक रहेका छन् ।

पीडक र पीडित किशोर किशोरीको उमेर कम भएका कारण दुवैको परिचय गोप्य राखिएको ईप्रका तुलसीपुरले जनाएको छ । पीडित किशोरीलाई किशोरले कुलोमा लगेर बलात्कार गरेको भन्दै पीडित परिवारका सदस्यले उजुरी गरेपछि किशोरलाई गएराति पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उक्त घटना बिहिबार दिउँसो अन्दाजी ४ः३० बजे घटेको थियो । 

Advertisement