May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

कम्युनिष्ट राजनीतिमा ओली सबैभन्दा खराब व्यक्ति – माधव कुमार नेपाल

धनगढी । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट पार्टीको कुसन्तान भएको बताउनुभएको छ । धनगढीमा विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओली खलनायक भएको बताउनुभएको हो ।

नेपालले कम्युनिष्ट राजनीतिमा ओली सबैभन्दा खराब व्यक्ति निस्केको बताउनुभयो । सबै ठाउँमा केही नराम्रा व्यक्तिहरु हुने भन्दै नेपालले नेपालको कम्युनिष्टमा ओली खलनायक निस्किएको बताउनुभयो ।

ओलीले अहिलेसम्मको सबै उपलब्धिहरु समाप्त पार्ने खेलमा लागेको भन्दै नेता नेपालले संघीयता, धर्मनिरपेक्षतालाई समाप्त पार्न ओली लागेको जीकिर गर्नुभयो । शक्तिपूर्ण सरकारको नेतृत्व गरेको ओलीले कुनै काम गर्न नसकेको दावी गर्नुभयो ।

Advertisement