May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

सामाजिक सञ्जालमा भाइरल विक बलात्कार, अपहरण र शरीर बन्धक मुद्दामा पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको मुद्दामा एक जनालाई काठमाडौं प्रहरीको सहयोगमा नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा केही समयअघि सामाजिक सञ्जालमार्फत भाइरल बनेका अर्जुन बिक रहेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि ८ गते अर्जुनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरी कैलाली ल्याइएको छ ।

उनीविरुद्ध गत भदौ ११ गते नै दर्ता भएको थियो ।

उनले गत ०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म बन्धक बनाएर राखि बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । गत साउनमा दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमार्फत भाइरल भएपछि उनी एकाएक चर्चामा आएका थिए ।