May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

हतियार देखाएर ५ लाख ५० हजार रुपैयाँ लुटियो

सर्लाही । आइतबार साँझ हतियार देखाएर सर्लाहीको सदरमुकाम मलंगवामा लुटपाट भएको छ । मलंगवा नगरपालिका वडा नमबर-३ का स्थानीय रामबिश्वास रायले नगरपालिका चोकमा संचालन गर्दै आएका सुर्य चुरोटको डिलरको काउन्टरबाट ५ लाख ५० हजार रुपैयाँ हतियारधारी समूहले हतियार देखाएर लुटेर लगेको जानकारी दिए ।

लुटपाटको समयमा राय आफू एक्लै काउन्टरमा रहेका थिए । प्रहरी डियुटी स्थलदेखि मात्र ५० मिटरको दुरिमा रहेको काउन्टरबाट हतियारधारी लुटेरा समूहले हतियार देखाएर पैसा लुटेको थियो । सर्लाहीमा केही समय यतादेखि सुरक्षा अवस्था खस्किएको छ ।

सर्लाहीका जनताहरुलाई प्रहरी प्रशासनले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको स्थानीयको आरोप छ । जिल्लामा हत्या, हिंसा, लुटपाट र चोरीजस्ता अपराधका घटनाहरु दिनप्रतिदिन बढिरहेको छ । 

Advertisement