May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

मधेस आन्दोलन र उपलब्धि

फलेन्द्र मगर

माघ ५ गते लाई बिशेश गरि प्रदेश न .२ मा बलिदानी को रूपमा विगत १४ वर्षदेखि मनाउदै आइरहेका छन। ति १४ वर्ष हरु मा कति उपलब्धि हरु भए त्यो उपलब्धि हरु त्यहाँका आम जनताले कति महसुस गरे आज पनि प्रश्न ले सार्थकता पाउन सकिरहेका छैनन् ।

मधेस आन्दोलन र सहिद हरु को नाउँमा पटकपटक बनेका सरकार हरु सँग सम्झौता हरु भए तर झन्झन् मधेशका जनता हरु गरिब र विपन्न हुँदै गए । तराई मधेस का साहु माहाजन ( मसिहा ) भन्ने हरु को जीवनस्तरमा मात्रै उन्नति हुँदै गए । २०६३ माघ ५ गते सिरहाको लहान मा भएको स्वायत्त मधेस एक प्रदेशको आन्दोलनमा कैयौं सवारी साधनको क्षति भयो र बिद्यार्थी नेता राजेश महतोले शाहदत प्राप्त गरे ।

पटकपटक भएको मधेस आन्दोलनमा ११७ जनाले अकालमा ज्यान गुमाए । जसको नेतृत्व गर्ने माओवादी नेता मातृका यादव , उपेन्द्र यादव जेपि गुप्ता , राजेन्द्र महतो र महन्त ठाकुर हरु पटकपटक केन्द्रिय सरकारको मन्त्री भए । 

सहिद परिवारलाई ५० लाख दिन्छु भन्ने राजेन्द्र महतो संघीय सरकारको मन्त्री भएर सहिद र अंगभंग भएका हरु को नाउँ भजाउने मात्रै काम भए । देशमा लोकतन्त्र आएपछि नयाँ संविधान जारी भयो त्यो जारी संविधानले मधेसी सामुदायको जनभावना लाई समेटेन भनेर असन्तुष्ट जनाएको जस्तो गरि तिनै संविधान को धारा लाई टेकेर  जनताको भोट लिएर संघीय संसद बने । 

प्रदेश २ मा त  प्रदेश सरकार पनि मधेसी दल कै छ । यो चौध वर्ष को अन्तरालमा त्यहाँका जनताको आर्थिक र सामाजिक रुपान्तरण कति भए त्यहाँका जनताले खोज्ने दिन आएको छ । मन्त्री र संसद भएर आफ्नो परिवार र व्यक्तित्व मात्रै रुपान्तरण गरे । अझै पनि तराईका आम जनताले परिवर्तन का महसुस गर्न पाएका छैनन् । 

त्यहाँका जनतालाई भ्रम छरेर राजनीति सफल हुने अन्य उपाय नदेखेपछि राजनीतिक अस्त्र को रूपमा केपि ओलि बिरोधि गतिविधि संचालन गरेर जनतालाई भ्रम छर्दै केपी ओलि सरकार कै मन्त्री मण्डलमा मन्त्री भएर सरकारी सुविधा र भत्ता मा लिप्त भए मान्य ज्यू र मन्त्री ज्यू को सलामी खान बाहेक अरु केही गरेको देखिदैन ।

 १४ वर्षसम्म पद र शक्ति को लागि पार्टी फुट्ने र जोड्ने पटकपटक भए तर आम मधेसी जनताको धार्मिक , साँस्कृतिक , सामाजिक , र दैनिकी लाई समाधान गर्ने कुनै योजना बनेन। १४ वर्ष पहिले पनि मधेस का जनता को अवस्था यस्तै थियो , अहिले पनि त्यस्तै छ । 

जबसम्म ती मधेस का आम जनता र घाइते , अंगभंग भएका र सहिद का परिवारहरु को जनजीवनमा परिवर्तन आउदैन तबसम्म बलिदानी दिवस को कुनै महत्त्व हुदैन ।

Advertisement