May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

विवाह गर्दै मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्नुहुने भएको छ ।

Advertisement

उहाले काठमाडौंमै माघ ११ गते विवाह गर्न लाग्नु भएको उहाको पारिवारिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा बस्दै आउनु भएकी शेर्पा थरकी युवतिसँग उहाले विवाह गर्न लाग्नु भएको हो ।

विगतमै मुख्यमन्त्री भएपछि आफुले विवाह गर्ने घोषणा राईले गर्नुभएको थियो ।

पछिल्लो समय प्रदेशसभामा आफ्ना विरुद्ध अविश्वासको प्रस्ताव परिरहेका बेला उहाले विवाह गर्ने निर्णय गर्नुभएको हो ।

उहाको विवाह काठमाडौंमा हुने भएपनि विवाह भोज भने काठमाडौं र विराटनगरमा गर्ने बुझिएको छ ।